Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एसडी मुनीको खुनी हमला जारीछ

०८ मंगलबार , फाल्गुण २०८०८ महिना अगाडि

एसडी मुनीको खुनी हमला जारीछ

नेपालको सुरक्षा र परराष्ट्रनीति भारतले हेर्नुपर्छ, नेपालका प्राकृतिक सम्पदामा भारतको हक लाग्छ भनेर राजतन्त्र भएका बेलामा दरवारको र दरवारको शक्ति दिल्ली सारिसकेपछि नेपाली नेताहरूलाई लम्पसारवादी बनाउने नेपाल नीतिकार मानिएका भारतका एसडी मुनीले नेपालमाथि खुनी हमला गरिरहेकै छन्, निरन्तरता जारी छ ।
यिनै एडी मुनी एण्ड कम्पनी लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र भारतको हो भनेर दावी गर्छन् । उनको लहै लहैमा भारतका पूर्वजनरलहरूसमेत स्यालहुइया गरिरहन्छन् । यी कस्ता बुद्धिजीवी, नीतिकार हुन् जो नेपालमाथि निरन्तर कहर बर्साइरहन्छन् ।
नेपालले आफ्नो नक्सा जारी गर्दा चीनको लहै लहैमा लागेर जारी गरेको आरोप लगाउने यिनै नीतिकार हुन् । भारतले सीमा मिचेको छैन, नेपालले मिचेको छ भन्ने पनि यिनै हुन् । भारतका नीतिकार देखेर नेपालका बुद्धिजीवीहरू हेर्छन्, तिनको हेपाह अभिव्यक्ति सुन्छन्, कुनै प्रतिक्रिया जनाउँदैनन् । सीमाविद, अधिकारकर्मीहरू नेपालको ठूलो भूभाग भारतले मिचेको दावी गरिरहेका छन्, १८१६ को सुगौली सन्धि पछिका अनेक अन्तर्राष्ट्रिय नक्साहरू, प्रमाणहरू नेपालसँग छन्, भारतका सामु पछार्न सक्दैनन् । भारतलाई कूटनीतिक नोट पठाएर कानमा तेल हालेर बस्छ सरकार, नेतृत्व । यी कतिसम्म राष्ट्रवादी हुन्, आफू उभिएको  धर्तीको रक्षा, सुरक्षा गर्न पनि उदासीन छन् । यिनले देश र जनताको समृद्धि र शान्ति, स्वराज कायम राख्छन् भने विश्वास गर्नु गलत हुने देखिन्छ ।
भारतका सामु लम्पसार पर्ने कांग्रेसले भारतकै सुझावका कारण माओवादीलाई काँधमा बोकेर सत्ता सञ्चालन गर्न दिएको १३ महिना नाघिसक्यो । माओवादी नेतृत्वको सरकारसँग के के लाभ लिनुपर्ने हो, लिइसकेर होला, एसडी मुनीजस्ता बुद्धिजीवी माओवादीको आलोचना गर्न कम्मर कसेर लागिपरेका छन् । पछिल्लो समय दिल्लीमा भएको एक कार्यक्रममा एसडी मुनीले निष्कर्ष सुनाए– माओवादीले नयाँ नेपालको नारालाई वाग्मतीमा बगाए ।
माओवादीको जनयुद्ध, माओवादी मिसाएर जनआन्दोलन र त्यसपछि नेपालको शान्ति प्रक्रियामा सघाएका भारत र पा्रध्यापक एसडी मुनिजस्ता भारतका नेपाल नीतिकारहरूले माओवादीले जगाएको आशा अनुरूपको काम गर्न सकेन भन्न थालेका छन् । यिनले ‘नयाँ नेपाल’ को नारा दिएको माओवादीले नारा वाग्मतीमा बगाएको भनेका छन् ।
यसैवीच त्रिविका प्राध्यापक कृष्ण हाछेथुले ‘नेसन बिल्डिङ एण्ड फेडरलिजम इन नेपाल’ पुस्तक लेखेका छन्  । त्यही पुस्तकको कृया प्रतिकृया कार्यक्रममा एसडी मुनी सहभागी भएका थिए । यस कार्यक्रममा मुनीले नेपालको संविधान निर्माणदेखि अहिलेसम्म ६ जना नेताहरूको सिन्डिकेटले काम गरिरहेको बताएका छन् । ‘पावर सेयरिङ’ पनि उनीहरूकै वरिपरि घुमिरहेको उनको भनाइ रहेको छ । यो सबैभन्दा कडा टिप्पणी हो ।
जनयुद्धमा भारतले सघाएको कुरा लुकाए पनि मुनीले ‘माओवादीले हतियार बिसाउने कुरा राम्रो थियो, माओवादीले नयाँ नेपाल बनाउने सपना देखाएकै हो तर मलाई राम्रो लागेका यी दुबै कुरामा माओवादी असफल भयो भन्दै पावर सेयरिङकै वरिपरि सबै घुमेका छन् सम्म भन्न भ्याएका छन् । मुनीको टिप्पणी छ, केही व्यक्तिका वीचमा पावर सेयरिङ राजनीति भइरहनु नेपालका लागि ठूलो रोग हो । यस्तो सिण्डिकेट भनेको माफियाकरण नै हो । यही रोगका कारण संघीयता र गणतन्त्र असफल हुँदैछ । 
उनले नढाँटी भनेका छन्– नेपाली नेताहरूले नै भारतलाई स्पेस दिने गरेका छन् । नेतृत्वको अराजकताले चीनसमेत नेपाललाई डिक्टेट गर्ने भूमिकामा देखिन थालेको छ । मुनीका अनुसार दिल्लीसँग नेताहरूले सनातन धर्मको पक्षमा प्रतिवद्धता गरेका छन् ।
संविधानप्रति नाखुस भारतको पक्षमा बोल्दै मुनीले युरोपियन युनियनले क्रिश्चिनिटीलाई हेर्दै दिएको दबाबमा संविधानमा धर्मनिरपेक्षता लेखिएको आरोप लगाए । युवापुस्ता अघि नसरे राजनीति नसुध्रने मुनीको निचोड पनि सुनियो । हाछेथुको पुस्तकमाथि दिल्लीको इन्स्टिच्यूट अफ सोसल साइन्सेसले अन्तर्क्रिरया राखेको थियो । प्रा. बलभीर अरोरा, डा. रिता मानचन्दा, डा. अश नाराइन, डा. तनवीर अइजाज आदिले टिप्पणी गरेका थिए । – फणिन्द्र पन्त