Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फागुन १३ देखि चैत १ सम्म दादुरा–रुबेला विरुद्धको खोप सञ्चालन हुने

०७ सोमबार , फाल्गुण २०८०८ महिना अगाडि

फागुन १३ देखि चैत १ सम्म दादुरा–रुबेला विरुद्धको खोप सञ्चालन हुने

यहि फागुन १३ गतेदेखि चैत्र १ गत्तेसम्म नौ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । चितवनका १ लाख ६१ हजार बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय चितवनकाअनुसार ७ सय खोप केन्द्रबाट ९ महिनादेखि १५ वर्ष उमेरसमूहका १ लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने बताईएको छ । स्वास्थ्य कार्यालय चितवनका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीकाअनुसार नियमित खोप छुटेका ८ सय बालबालिकालाई समेत छुट खोप दिइने छ ।

फागुन १३ देखि चैत १ गतेसम्म सञ्चालन हुने अभियानमा १ हजार ६ सय स्वास्थ्यकर्मी र २ हजार २ सय स्वंयसेवक परिचालन गरिने छ । स्वास्थ्य कार्यालय चितवनले अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गरिने जानकारी दिईएको छ ।

अभियान अन्तर्गत पहिलो चरणमा भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपािलकामा १३ गते देखि २२ गते सम्म अभियान सञ्चालन हुने छ भने  राप्ती खैरहनी, रत्ननगर र कालिका नगरपालिकामा भने दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने बताईएको छ ।

जिल्लामा विसं २०७९ मङ्सिर ३ गते देखि २०८० पुस १५ गते सम्म ५२ जनामा दादुरा-रुवेला रोगको सङ्क्रमण देखिएको थियो । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये अधिकांश इच्छाकामना गाउँपालिकामा देखिएको थियो ।

राप्ती नगरपालिकामा समेत यो रोगको सङ्क्रमण देखिएको छ । यो खोप गर्भवती, एड्स सङ्क्रमित, केमोथेरापी वा उच्च क्षमताको औषधि सेवन गरिरहेका र कडा खालको ज्वरो भएका बालबालिकालाई यो खोप लगाउन नमिल्ने बताईएको छ ।

त्यस्तै २ सय ५० जनाभन्दा बढी बालबालिका भएका संस्थागत र सामुदायिक विद्यालयमा खोप केन्द्र रहने कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिएका छन् । उनकाअनुसार विद्यालय नभएका सहरका घना बस्ती, सुकुम्बासी बस्ती, उद्योग, कारखाना, बालमन्दिर, अनाथ आश्रम, इँटाभट्टा, अन्तरदेशीय सीमा, बसपार्क जस्ता ठाउँमा पनि खोप केन्द्र राखेर सेवा दिइने जानकारी दिइएको छ ।