Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

त्रिवि उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिश

०७ सोमबार , फाल्गुण २०८०८ महिना अगाडि

त्रिवि उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिश

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिश गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले एक सूचना जारी गर्दै प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजंग बराल र प्रा.डा. टंकनाथ धमलाको नाम सिफारिश गरेको हो ।

यसअघिका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कात्तिकामा कार्यकाल सकिएको थियो । त्यसपछि विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकोमा १४ जनालाई सर्टलिस्टमा छनोट गरिएको र त्यसमध्येका ३ जनालाई समितिले सिफारिश गरेको बताईएको छ ।

त्रिविका उपकुलपति डा. बास्कोटाको कार्यकाल सकिएपछि कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभाग प्रमुख डा. चन्द्रकला घिमिरे सदस्य रहेको सिफारिश समिति गठन गरेका थिए ।