Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उत्कृष्ट डेन्टल कलेजको उपाधि कान्तिपुर डेन्टललाई

०७ सोमबार , फाल्गुण २०८०८ महिना अगाडि

उत्कृष्ट डेन्टल कलेजको उपाधि कान्तिपुर डेन्टललाई

काठमाडौँको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ हस्पिटलले उत्कृष्ट डेन्टल कलेजको उपाधि पाएको छ । अन्तराष्ट्रिय संस्था साइनोडेन्टले राजधानीमा सम्पन्न गरेको दशौं अन्तराष्ट्रिय डेन्टल कन्फ्रेन्सका अवसरमा कान्तिपुरले उत्कृष्ट डेन्टल कलेजको उपाधि प्राप्त गरेको हो ।

साइनोडेन्टकी सिइओसमेत रहेकी इण्डियन सोसाईटी अफ डेन्टिस्ट्रीकी अध्यक्ष डा. अनमोल बगरियाले अत्याधुनिक प्रविधिसहित कलेज एवं अस्पतालले नेपालमा दन्तचिकित्साको प्रवर्धन र विकासमा ठूलो भूमिका खेलेको उल्लेख गरेकि छन् । संस्थाले विश्वका विभिन्न देशमा दन्त चिकित्सा सेवा एवं शिक्षामा योगदान गर्ने संस्थाहरुलाई अवार्ड प्रदान गर्दै आएको छ ।

कार्यक्रममा कान्तिपुर कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले कलेजले प्राप्त गरेको अवार्ड दन्त चिकित्साको शिक्षा र सेवामा आफ्नो संस्थाले गरेको मेहेनतको कदर र थप हौसलाका रुपमा बुझेको प्रतिक्रिया दिएका थिए । दुईदिने सम्मेलनमा देशविदेशका सयौं चिकित्सक, पेशाकर्मी र विद्यार्थीहरु सहभागी भएको बताईएको छ ।

सम्मेलनमा दन्त चिकित्सा, प्रविधि र अनुसन्धानका विषयमा विभिन्न सत्रको आयोजना गरिएको थियो । सम्मेलनको अन्तिमदिन विभिन्न सांस्कृतिक कार्यक्रम, पोस्टर प्रदर्शनी, अवार्ड वितरण लगायतका बिबिध कार्यक्रम गरिएको थियो ।