Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रजातन्त्र दिवसमा प्रवेश नदिएपछि पत्रकारको बिरोध

०७ सोमबार , फाल्गुण २०८०८ महिना अगाडि

प्रजातन्त्र दिवसमा प्रवेश नदिएपछि पत्रकारको बिरोध

आज काठमाडौंको टुँडिखेलमा मनाईएको प्रजातन्त्र दिवसमा पत्रकारलाई प्रवेश नदिएपछि पत्रकारले बिरोध गरेका छन् । कार्यक्रममा पत्रकारहरुलाई प्रवेश नदिएपछि सैनिक मञ्च प्रवेशद्वार बाहिर फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध गरेका हुन् ।

टुँडिखेलमा मनाईएको राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको हो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

बिहान टुँडिखेलमा सेनाले तोप र बढाई गरेसँगै हेलिकोप्टरबाट पुष्पवृष्टि गराइएको उक्त कार्यक्रममा पत्रकारहरुलाई प्रवेश दिइएको छैन् । आयोजकले समारोहको निमन्त्रणा पत्र बोक्नुपर्ने भन्दै सूचना तथा प्रसारण विभागको कार्ड बोकेका पत्रकारलाई प्रवेश नदिएको बताईएको छ ।