Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

०७ सोमबार , फाल्गुण २०८०८ महिना अगाडि

आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

आज २००७ साल फागुन ७ गतेको प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा देशभर विविध कार्यक्रमको आयोजना गरि ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । निरंकुश जहानियाँ राणा शासनको अन्त्य गरि प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन लागिएको हो ।

नेपालको ईतिहासमा जनताको संघर्ष र बलिदानबाट राणा शासनको अन्त्य भई नयाँ व्यवस्था सुरु भएको दिन फागुन  गतेलाई नेपाल र नेपाली जनताको लागि ऐतिहासिक महत्वको दिनको रूपमा समेत लिइने गरिन्छ । देशबाट निरंकुश राणाशासनको अन्त्य गरी प्रजातन्त्र घोषणा भएको महत्वपूर्ण आजको दिनलाई सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्झनामा सरकारले फागुन ७ गते औपचारिक रुपमा प्रजातन्त्र दिवस मनाउँदै आएको छ । साथै सरकारले फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष संघीय राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा मनाउँदै आएको छ ।

त्यसैगरी आज सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित व्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । साथै, सरकारले घर-घरमा दिपावली बाल्न र राष्ट्रिय झण्डा झुकाउन समेत आह्वान गरेको छ ।

त्यस्तै ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको आवसरमा नेपाल सरकारका राष्ट्रपति, प्रधानमन्त्री विभिन्न राजनीतिक दललगायतले देशवासीका नाममा शुभकामना सन्देश समेत दिएका छन् ।