Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रौतहटमा कर्फ्यु, व्यापक प्रहरी परिचालन

०६ आइतबार , फाल्गुण २०८०८ महिना अगाडि

रौतहटमा कर्फ्यु, व्यापक प्रहरी परिचालन

रौतहट जिल्लाको इशनाथ नगरपालिकाको घिउरामा कर्फ्यु लगाईएको छ । शनिबार साँझ ५ बजेदेखि कर्फ्यु लगाईएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् ।

सरस्वती पूजाको भोलिपल्ट सरस्वतीको मूर्ति बिसर्जन गर्ने क्रममा त्यहाँ दुई समुदायबीच विवाद उत्पन्न भएको र उक्त बिबादले इशनाथ ७ घिउराटोलमा झडपको स्थिति सिर्जना भएपछी त्यहाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै झन्डै सात सय प्रहरी परिचालन गरिएको छ ।

विवाद समाधान गर्न प्रशासन, प्रहरी तथा विभिन्न राजनीतिक दल र सामाजिक अगुवाको सक्रिय सहभागिता भएपनि विवाद समाधान नहुँदा स्थिति तनावग्रस्त रहेकोले कर्फ्यु लगाईएको बताईएको छ । शनिबार साँझदेखि कर्फ्यु लगाउदै उच्च सुरक्षा सतर्कता अपनाईएको प्रशासनले जनाएको छ ।

उक्त स्थानमा नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख डिआइजी यज्ञ विनोद पोखरेल, सशस्त्र प्रहरी बल मधेस प्रदेश प्रमुख डिआइजी दीपेन्द्र शाहसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख घटनास्थल पुगेको र विवाद समाधान गर्न प्रयास भईरहेको बताईएको छ ।