Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

जनक शिक्षामा एसईईको प्रश्नपत्र छपाइ सुरु

०४ शुक्रबार , फाल्गुण २०८०२ बर्ष अगाडि

जनक शिक्षामा एसईईको प्रश्नपत्र छपाइ सुरु

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइको तयारी पुरा गरेसंगै आजबाट जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा प्रश्नपत्र छाप्न सुरु गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन तहको सुरक्षा घेराभित्र प्रश्नपत्र छाप्न सुरु गरिएको हो ।

आजदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा केन्द्रका करिब ४० जना कर्मचारीले प्रश्नपत्र छाप्न सुरु गरेको बताईएको छ । एसईई परीक्षाको प्रश्नपत्र छपाइको सुरक्षाको लागी नेपाली सेनाको सेनानी (मेजर) को नेतृत्वमा ३० जना सशस्त्र र नेपाल प्रहरीका ४५ जना गरी ७५ जना सुरक्षाकर्मी खटिएका छन् ।

प्रश्नपत्र छाप्न सुरु भएसंगै अबको केही दिन सेक्युरिटी प्रेसमा सुरक्षाकर्मी र जनक शिक्षाकै सम्बन्धित कर्मचारीबाहेक अन्य कोही प्रवेश गर्न पाउने छैनन् । यस बर्ष एसईई परीक्षाको लागि ५५ लाख थान प्रश्नपत्र छपाइ हुने छ भने ५ लाख ४ हजार विद्यार्थी परिक्षामा सहभागी हुनेछन ।