Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

१५ बर्षमा ७१ लाख बढी नेपाली बिदेशीए

०४ शुक्रबार , फाल्गुण २०८०८ महिना अगाडि

१५ बर्षमा ७१ लाख बढी नेपाली बिदेशीए

गएको १५ बर्षको अवधिमा ७१ लाख भन्दा बढी नेपाली बिदेशीएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार रोजगारीको खोजीमा १५ बर्षको अवधिमा उक्त संख्यामा नेपालीहरु बिदेशीएका हुन् ।

विभागको तथ्याङ्कअनुसार १५ वर्षको अवधिमा ७१ लाख ७७ हजार ८ सय ७६ जना नेपाली विदेशिएका बताईएको छ । यसरी हेर्दा रोजगारीको खोजीमा हरेक बर्ष औसतमा करिब ५ लाखको हाराहारीमा नेपालीहरु विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक बर्ष २०७९/८० मा वैदेशिक रोजगारमा जानेको संख्या १४ वर्षयताकै उच्च देखिएको थियो । जसअनुसार गत बर्ष ७ लाख ७१ हजार ३ सय २७ जना नेपाली विदेशिएका थिए ।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०६५/६६ मा २ लाख १९ हजार ९ सय ६५ जना, २०६६/६७ मा २ लाख ९४ हजार ९४ जना, २०६७/६८ मा ३ लाख ५४ हजार ७ सय १६ जना र २०६८/६९ मा ३ लाख ८४ हजार ६ सय ६५ जना विदेशिएका थिए । त्यसैगरी आर्थिक वर्ष २०६९/७० मा ४ लाख ५० हजार ८ सय ८९, २०७०/७१ मा ५ लाख २७ हजार ८ सय १४ जना नेपाली विदेशिएको पाईएको छ ।

त्यस्तै आर्थिक बर्ष २०७१/७२ मा भने विदेशिनेको संख्या केही घटेको पाईएको छ । उक्त आर्थिक वर्षमा ४ लाख ९९ हजार १ सय २ जना युवा कामको खोजीमा विदेशिएका थिए । त्यसपछिको आर्थिक बर्ष २०७२/७३ मा पनि भूकम्पका कारण वैदेशिक रोजगारमा जानेको संख्या घटेको र उक्त बर्ष ४ लाख ३ हजार १ सय ७४ जना विदेश गएका थिए ।

त्यसैगारी आर्थिक बर्ष २०७३/७४ मा ३ लाख ८३ हजार ४ सय ९३ र २०७४/७५ ३ लाख ५४ हजार ८२ जना विदेशिएका थिए । विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा उक्त संख्या अझै घटेर २ लाख ३६ हजार २ सय ८ जना कामको खोजीमा विदेश पुगेको पीएको छ ।

२०७६/७७ कोभिड महामारीका कारण वैदेशिक रोजगारमा जानेको संख्या धेरै घट्यो । उक्त वर्ष १ लाख ९० हजार ४ सय ५३ जना कामको खोजीमा विदेशि गएका थिए । त्यस्तै आर्थीक वर्ष  २०७७/७८ मा कोभिडको प्रभाव अझ बढी हुँदा उक्त वर्ष ७२ हजार ८१ जना मात्रै बिदेसिएका थिए ।

त्यसपछिको आर्थीक वर्ष २०७८/७९ देखि कोभिड महामारीको अवस्था सामान्य बन्दै गएपछि विदेश जानेको संख्या अत्यधिक देखिन थालेको थियो । उक्त वर्षमा ६ लाख ३० हजार ९७ जना नेपाली कामको खोजीमा विदेशि गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । विदेशिएका नेपालीको तथ्यांक सार्वजनिक भएपनि स्वदेश फर्किनेको तथ्यांक विभागले नराखेको बताईएको छ ।