Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपाल ‘ए’टिमले क्यानडा-११ सँग तीन खेल खेल्ने

०४ शुक्रबार , फाल्गुण २०८०२ बर्ष अगाडि

नेपाल ‘ए’टिमले क्यानडा-११ सँग तीन खेल खेल्ने

नेपाल ‘ए’ क्रिकेट टिमले क्यानडा-११ सँग तीन खेल खेल्ने तालिका नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार टिमले फेब्रुअरी १८,२० र २२ तारिकमा खेल्ने छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिकाअनुसार मुलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा फेब्रुअरी १८ मा पहिलो, फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल हुने बताईएको छ । खेलका लागि क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय नेपाल ‘ए’ टिमको घोषणा गरिसकेको छ ।

क्यानडा बिरुद्ध खेल्ने टिममा विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो । नेपाल ‘ए’ टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

नेपाल ‘ए’ टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेको क्यानले जनाएको छ ।