Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि

०४ शुक्रबार , फाल्गुण २०८०२ बर्ष अगाडि

फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको निगमले फेरि आजदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले हिजो बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई/दुई रूपैयाँ मुल्य बढाएको बताएको छ भने निमगले खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको जनाएको छ ।

बिहीबार भारतीय आयल निगम (आइओसी)ले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ८३ पैसा र डिजेलमा १ रूपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्यसूची पठाएअनुसार यहाँको विक्री मुल्य केही बढाएर समायोजन गरिएको निगमले जनाएको छ ।

निगमले १५ दिनको अवधीमा लगातार दुईपटक इन्धनको मूल्य बढएपछि उपभोक्ता चर्को मुल्यबृद्धिको मार खेप्न बाध्य हुनुका साथै थप मर्कामा परेका छन । यता निगमले स्वचालित प्रणाली अनुसार इन्धनको नयाँ मुल्य समायोजन गरिएको बताएको छ ।

यसअघि फेब्रुअरी १ तारिकमा पनि निगमले पेट्रोल, डिजेल र मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको थियो । निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ मूल्य निर्धारण गरिएको जनाएको छ ।