Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपालको २० प्रतिशतभन्दा बढी जनसंख्या अझै गरिवीको रेखामुनि

०३ बिहिबार , फाल्गुण २०८०८ महिना अगाडि

नेपालको २० प्रतिशतभन्दा बढी जनसंख्या अझै गरिवीको रेखामुनि

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको २० प्रतिशत भन्दा बढी जनसंख्या अझै गरिवीको रेखामुनि रहेका छन् । नेपालको जीवनस्तर सर्वेक्षण चौथो २०७९/०८० अनुसार नेपालमा अझै पनि २०.२७ प्रतिशत मानिसहरु गरिवीको रेखामुनि रहेको पाईएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले करिव १२ वर्षपछि प्रतिघर परिवारले उपभोग्य वस्तुमा गर्ने खर्चको आधारमा सो तथ्यांक सार्वजनिक गरेको थियो । तथ्यांकअनुसार मानिसहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, साधनमाथिको पहुँच, मनोरञ्जनबाट वञ्चित हुनेहरु अझै पनि २० प्रतिशतभन्दा बढी रहेको पाइएको छ ।

तथ्यांकअनुसार प्रदेशगत रुपमा सबै भन्दा कम गरिवी गण्डकी प्रदेश र सबैभन्दा बढी गरिवी सुदूरपश्चिम प्रदेशमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ । सुदूरपश्चिम प्रदेशमा अहिले पनि करिव ३४ प्रतिशत मानिसहरु गरिवीको रेखामुनि रहेका पाईएको छ ।

उक्त सर्वेक्षणमा कर्णाली प्रदेशमा भने गरिवीको संख्यामा सुधार हुँदै गएको राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षणमा देखिएको छ ।