Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फागुन ७ गतेदेखि कोरियन भाषा परीक्षा हुने

०३ बिहिबार , फाल्गुण २०८०८ महिना अगाडि

फागुन ७ गतेदेखि कोरियन भाषा परीक्षा हुने

ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने बताएको छ । परीक्षा फागुन ७ गतेदेखि राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान भैसेपाटीमा हुने बताएको हो ।

शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि सञ्चालन हुने परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र लाग्न   निषेध गरिएको बताएको छ । परीक्षामा चिट, कपि गरेको,अवाञ्छित गतिविधिलगायतका कार्य गर्न नपाउने यदि गरेमा ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको जनाएको छ ।

परिक्षामा सामेल हुन् तोकिएको समयभन्दा १ घण्टा अगावै परीक्षा हलमा ओरेन्टेशन सुरु हुने बताईएको छ । ओरेन्टेशन र बायो-मेट्रिक भेरिफिकेशन गरी उपस्थित हुनुपर्ने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने जनाएको छ ।

परीक्षा सञ्चालन मितिभन्दा १ दिन अगावै आफ्नो सिफ्ट अनुसार ईपीएस कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन (फिङ्गर प्रिन्ट दर्ता) को लागि उपस्थित हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ  । परीक्षाको दिन सो बायोमेट्रिक परीक्षा केन्द्र भैसेपाटीमा भेरिफाई हुने ईपीएस कार्यालयले जनाएको छ ।

यसअघि २०२३ का लागि उत्पादनमूलक क्षेत्रतर्फका लागि १ लाख ६४ हजार ७ सय १६ जनाले आवेदन दिएको थिए । जसमा पहिलो पटक आह्वान गरिएकोमा १ लाख ४३ हजार ८ सय १२ जनाले आवेदन दिए भने त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए ।