Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

कपिलवस्तुमा बस दुर्घटना १० को मृत्यु ३० जना घाईते

०३ बिहिबार , फाल्गुण २०८०२ बर्ष अगाडि

कपिलवस्तुमा बस दुर्घटना १० को मृत्यु ३० जना घाईते

शिवराज नगरपालिका-१ सुरही, कपिलवस्तुमा गएराती भएको बस दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् भने ३० जना घाईते भएका छन् । शिवराज नगरपालिका-१ सुरही पुल नजिकै भएको उक्त दुर्घटनामा परि घाइते भएका ३० जनामध्ये ९ जनाको बुटवलमा उपचार भइरहेको छ भने अन्यको उपचार स्थानीय अस्पतालमा  भइरहेको छ ।

उक्त बस दुर्घटनामा भीमदत्त नगरपालिकाकी खगेश्वरी खाती, वडा नम्बर १ का २७ वर्षीय राहुलराम कामी, वडा नम्बर २ का सुदीप भट्ट,​ वडा नम्बर ४ का २४ वर्षीय उमेश भण्डारी र वडा नम्बर १६ का सञ्जु थापाको मृत्यु भएको छ । त्यसैगरी कञ्चनपुर पुनर्वास नगरपालिका ९ बिसफाटाकी विमलादेवी भट्ट र विसन भट्टको पनि मृत्यु भएको हो ।

उक्त दुर्घटनामा रौतहट औराही– ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान घर भई कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तर प्रदेश मुरदाबादका सकिल मुसलमानको ज्यान गएको हो । 

सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प– प्र–०२-००१ ख ००९८ नम्बरको बस गएराति १ बजे बाटोबाट २०० मिटर तल खसेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीले जानकारी दिएका छन् ।