Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

विमानस्थलबाट विदेशी मुद्रासहित २ जना पाकिस्तानी पक्राउ

०३ बिहिबार , फाल्गुण २०८०२ बर्ष अगाडि

विमानस्थलबाट विदेशी मुद्रासहित २ जना पाकिस्तानी पक्राउ

झण्डै १ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । टर्कीको इस्तानबुलबाट फ्लाई दुबई मार्फत काठमाडौं आएका उनीहरुलाई मुद्रासहित विमानस्थलबाट पक्राउ गरिएको हो ।

गएराति टर्कीको इस्तानबुलबाट फ्लाई दुबईमार्फत काठमाडौं आएका ३१ वर्षीय यासिन मोहम्मद र ४८ वर्षीय अनाम लखानी ५० हजार डेनिस क्रोनरसहित पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एएसपी कृष्णहरी शर्मा पोखरेलले जानकारी दिएका छन् । उक्त बिदेशी मुद्राको नेपाली ९५ लाख ६ हजारभन्दा बढी हुने प्रहरीको भनाइ छ ।

त्रिभुवन विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट डेनिस क्रोनर ५० हजार बरामद भएको बताईएको छ । विमानस्थलमा पक्राउ परेका उनिहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको र आज सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइने छ ।