Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

वि.सं. २०८१ सालमा शनिबार बाहेक ३० दिन सार्वजनिक बिदा

०३ बिहिबार , फाल्गुण २०८०२ बर्ष अगाडि

वि.सं. २०८१ सालमा शनिबार बाहेक ३० दिन सार्वजनिक बिदा

नेपाल सरकारको गृह मन्त्रालयले वि.सं. २०८१ सालमा शनिबार बाहेक ३० दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै शनिबार बाहेक २०८१ सालमा ३० दिन सार्वजनिक बिदा दिइने निर्णय गरेको हो ।

मन्त्रालयको जारी सूचीमा अगामी वर्षमा ३० दिन विभिन्न दिवस, पर्व तथा जयन्तीको अवसरमा सार्वजनिक बिदा बाहेक ५३ दिन शनिबारे बिदा परेको बताईएको छ । विभिन्न पर्व तथा जयन्ती र शनिबार सहितको बिदा जोड्दा आगामी वर्ष २०८१ सालमा ८३ दिन सार्वजनिक बिदा परेको हो ।

२०८१ सालको बिदाको सूचीअनुसार सार्वजनिक बिदा हुने पर्वमा पहिलो नव वर्षको दिन वैशाख १ गते छ । त्यसपछि वैशाख ५ गते रामनवमीको बिदा छ भने जेठ १० गते चण्डी पूर्णिमा, बुद्ध जयन्ती र उभौली पर्वको सार्वजनिक बिदा परेको छ ।

त्यसैगरी २०८१ भदौ ३ गते रक्षा बन्धन, भदौ १० गते श्रीकृष्ण जन्माष्टमी र असोज १७ गते घटस्थापनाको दिन सार्वजनिक बिदा छ । त्यस्तै असोज २४ गतेदेखि २८ गतेसम्म पाँच दिन दसैं बिदा रहेको छ भने कात्तिक १५ गतेदिखी १९ पाँच दिन तिहार बिदा परेको छ ।

सरकारले कात्तिक ११ गते छठ पर्व, मंसिर ३० गते धान्य पूर्णिमा, उधौली पर्व, योमरी पुन्हि (ज्यापु दिवस), पुस १० गते इसाई धर्मावलम्बीको पर्व क्रिसमस डे, पुस १५ गते तमु ल्होसार, माघ १ गते माघे संक्रान्ति, माघ १७ गते सोनाम ल्होसार, फागुन १४ गते महाशिवरात्रि, फागुन १६ गते ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिएको छ ।

मुलुकभरि सबैलाई हुने सार्वजनिक दिवस बिदामा वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १५ गते गणतन्त्र दिवस, असोज ३ गते संविधान दिवस, माघ १६ गते शहीद दिवस, र फागुन ७ गते प्रजातन्त्र दिवस, र फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको बिदा दिइएको छ । त्यस्तै गृह मन्त्रालयको सुचीअनुसार सार्वजनिक बिदाका दिन शनिबार परेका कारण पाँच दिन बिदा घटेको बताईएको छ ।