Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

फागुन ४ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

०३ बिहिबार , फाल्गुण २०८०२ बर्ष अगाडि

फागुन ४ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

भोलि फागुन ४ गते गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले फागुन ४ गते प्रदेश सरकार स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै भोलि प्रदेश सरकार स्थापना दिवसको अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

प्रदेश सरकारले प्रदेश राजपत्रमा बिदासम्बन्धी सूचना प्रकाशित भइसकेकोले सार्वजनिक बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव एवं प्रवक्ता प्रवीण ढकालले जानकारी दिएका छन् । प्रदेश सरकारले स्थापना दिवसमा प्रभातफेरी, दीपावली तथा स्थापना दिवस समारोहलगायतका कार्यक्रम गर्दैै आएको छ ।

नेपालको नयाँ संविधान जारी भएपछि विसं २०७४ मङ्सिरमा पहिलो पटक प्रदेशसभाको निर्वाचन भएर प्रदेश सरकार गठन भई प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेको दिनलाई सरकारको स्थापना दिवसका रूपमा हरेक वर्ष मनाउँदै आइ रहेको छ ।