Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जिउदो व्यक्तिको मृत्यु दर्ता गरिदिने सचिव कारबाहीमा

०२ बुधबार , फाल्गुण २०८०८ महिना अगाडि

जिउदो व्यक्तिको मृत्यु दर्ता गरिदिने सचिव कारबाहीमा

जिउदो व्यक्तीको मृत्यु दर्ता गरिदिने रामेछापको मन्थली ३ का तत्कालीन वडासचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । श्रीमान् जीवित छँदाछँदै मृत्यु भएको भनी मृत्युदर्ता प्रमाणपत्र बनाईदिने वडासचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् ।

अदालतले श्रीमान् जीवित छँदाछँदै मृत्यु भएको भनी मृत्युदर्ता प्रमाणपत्र बनाएर भत्ता बुझ्ने महिला र मृत्युदर्ता तयार पारी भत्ता दिने वडासचिव दुबैलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ । त्यसैगरी विशेष अदालतले रामेछापको मन्थली ३ का तत्कालीन वडाध्यक्ष शिवकुमार महतोलाई पनि दोषी ठहर गरेको अदालतका प्रवक्ता धन बहादुर कार्कीले बताएका छन् ।

विशेष अदालतका न्यायाधीशहरू टेक नारायण कुँवर, तेजा नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले भत्ता दिने वडाध्यक्ष महतो र भत्ता लिने निर्मला खत्रीलाई दोषी ठहर गरेको बताईएको छ । अदालतले वडासचिव, वडाध्यक्ष र भत्ता लिने निर्मला खत्रीलाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।