Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रणय दिवस (भ्यालेन्टाइन-डे)

०२ बुधबार , फाल्गुण २०८०८ महिना अगाडि

प्रणय दिवस (भ्यालेन्टाइन-डे)

फेब्रुअरी १४ लाई प्रणय दिवस (भ्यालेन्टाइन-डे)को रुपमा मनाईदैछ । हरेक वर्ष फेब्रुअरी १४ लाई विशेष गरी प्रेमीप्रेमिकाहरूले प्रणय दिवस (भ्यालेन्टाइन-डे) विशेषरुपमा मनाउने गर्दछन् ।

प्रणय दिवस प्रेमीप्रेमिकाहरूले विश्वभर प्रेम साटासाट गरी मनाउने गर्दछन् भने अझ युवा पुस्तामाझ यो दिनप्रति विशेष आकर्षण रहेको पाईन्छ । भ्यालेन्टाइन-डेका रूपमा नयाँ प्रेमी प्रेमिकाले यो दिनलाई विशेषरुपमा मनाउने गर्दछन् ।

यसदिनमा प्रेम प्रस्ताव गर्ने, प्रेमको औपचारिक शुभारम्भ गर्ने वा उपहार आदान प्रदान गरेर यो दिनलाई मनाउने गरेको पाइन्छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेब्रुअरी १४ मा भ्यालेन्टाइन-डे मनाउने गरिन्छ ।