Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ललिता निवास प्रकरणको फैसला आज आउने सम्भावना

०२ बुधबार , फाल्गुण २०८०८ महिना अगाडि

ललिता निवास प्रकरणको फैसला आज आउने सम्भावना

ललिता निवास जग्गा अनियमिता प्रकरणको मुद्दाकाे विशेष अदालतले मंगलबार सुनुवाइ सकेकाे छ । माघ २ गतेबाट सुरू भएकाे सुनुवाइ मंगलबार सक्किएसँगै आज फैसला आउने सम्भावना भएकाे हाे ।

विशेष अदालतकाे माघ २ गतेदेखि झण्डै एक महिनाकाे सुनुवाइ मंगलबार सकिएको छ । प्रत्येक दिनकाे सुनुवाइ सकेपछि इजलासमा मिसिल अध्ययनको काम पनि भइरहेको र सम्भवतः बुधबार संक्षिप्त आदेशसहित मुद्दाको फैसला आउनेछ बताइएकाे छ ।

एक महिनादेखि विशेष अदालतले शुक्रबार र शनिबारबाहेक हरेक दिन ललिता निवास जग्गा अनियमितता प्रकरणको मुद्दामा निरन्तर सुनुवाइ गर्दै आएकाे थियाे । बहसकाे क्रममा सरकारी वकिल र आरोपितका कानुन व्यवसायीको बहस पछि सरकारी वकिलहरुको जवाफी बहस भएको थियो ।

बालुवाटारस्थित ललिता निवासकाे सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २०७६ साल माघ २२ गते पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।