Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज वसन्त पञ्चमी तथा सरस्वती पूजा मनाइँदै

०२ बुधबार , फाल्गुण २०८०८ महिना अगाडि

आज वसन्त पञ्चमी तथा सरस्वती पूजा मनाइँदै

आज मुलुकभरका सरस्वतीकाे मन्दिरहरूमा पूजा आराधना गरि वसन्त पञ्चमी तथा सरस्वती पूजा मनाइँदै छ । वसन्त पञ्चमीकाे अवसर पारेर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाउन लागिएकाे हाे ।

सरस्वती विद्याकी अधिष्ठात्री देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्ने गर्दछन् । सरस्वतीलाई विद्याकी देवी मात्र नभएर तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा समेत मान्ने गरेकाे पाइँन्छ ।

आजका दिनमा सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुने जनविश्वास समेत रहेकाे छ । वसन्त पञ्चमी अर्थात आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक मान्यता छ ।

आज काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत देशभरका जिल्लाहरूमा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजनकाे भिड लाग्ने गर्दछ । सरस्वतीकाे मन्दिरहरूमा विद्यार्थीको घुइँचो लाग्नुका साथै आज बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्नलगायतका कार्य गरिन्छ ।