Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मानव बेचबिखन तथा ओसारपसारमा २२ महिला सहित ८९ जना पक्राउ

०१ मंगलबार , फाल्गुण २०८०८ महिना अगाडि

मानव बेचबिखन तथा ओसारपसारमा २२ महिला सहित ८९ जना पक्राउ

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न ८९ जनालाई प्रहरीले पक्रेको छ । पछिल्लो ६ महिनाको अवधिमा ६७ पुरुष र २२ महिला सहित ८९ जनालाई प्रहरीले पक्रेको हो ।  

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको ८९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ७९ वटा मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

सोहि ६ महिनाको अवधिमा १ सय ४९ जनालाई अभियोग लागेको छ भने देशभरबाट २ सय ३६ जनालाई उद्धार गरिएको बताईएको छ । उद्धार गरिएकामध्ये १ सय ५० जना महिला, २६ पुरुष र ६० बालिका रहेको बताईएको छ ।

उक्त खाले अपराध नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालय अन्तरगत रहने गरी मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले विशिष्टिकृत इकाईको रूपमा काम गर्दै आएको छ । त्यसखाले  अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममुखी बनाउन ब्युरोले सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ ।

बि.सं. २०७५ सालमा स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोले हालसम्म १ हजार १ सय १८ जना पक्राउ गरिसकेको छ । जसमध्ये ७ सय ८३ पुरुष र ३ सय ३५ जना महिला पक्राउ परेका छन् ।

सोहि अवधिमा १ हजार ९ सय १९ जनालाई अभियोग लागेको छ भने सोहि अवधिमा ८ सय ९२ मुद्दा दर्ता भएका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले मुख्यतः मानव बेचबिखन तथा ओसारपसार अपराधको अनुसन्धान तथा नियन्त्रण र पीडितको उद्धार गर्दै आएको छ ।