Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाल टेलिकमले ६ महिनामा झन्डै ४ अर्ब नाफा कमायो

०१ मंगलबार , फाल्गुण २०८०८ महिना अगाडि

नेपाल टेलिकमले ६ महिनामा झन्डै ४ अर्ब नाफा कमायो

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा नेपाल टेलिकमले झन्डै ४ अर्ब नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको ६ महिनामा टेलिकमले उक्त नाफा कमाएको हो ।

नेपाल टेलिकमको विवरण अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७.५९ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४ अर्ब २५ करोड खुद नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी घट्दा नाफामा असर परेको देखिए पनि कम्पनीले दूरसञ्चार सेवाबाट चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ अर्ब २४ करोड आम्दानी गरेको बताईएको छ । गत वर्षको सोहि अवधिमा यस्तो आम्दानी १८ अर्ब ७ करोड थियो ।

दूरसञ्चार सेवाबाहेक वित्तीय आम्दानी घटेको छ । यस्तो आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ९५ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ६१ करोड मात्रै रहेको । नाफा घट्दा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि घटेको र हाल वार्षिक प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ६८ पैसा रहेको बताईएको छ । गत वर्ष यस्तो आम्दानी ४७ रुपैयाँ २८ पैसा थियो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ छ । सोमबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८८० रुपैयाँ छ । नेटवर्थका आधारमा टेलिकम उत्कृष्ट देखिँदा घट्दो बिजनेस र नाफा चुनौतिका रुपमा देखिन थालेको छ । कम्पनीको प्रत्येक्ष ‘भ्वाइस’ सेवाभन्दा निश्चित ब्रोडब्यान्डमार्फतका सेवातिर ग्राहकको आकर्षण बढ्दा ब्रोडब्यान्ड सर्भिस विस्तारले मोबाइल डाटामा कमी आउनुले आम्दानी घट्नुलाई कम्पनीले चुनौतीका रुपमा औंल्याएको छ ।