Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

झन्डै एक दर्जन निर्माण कम्पनी कालोसूचीमा

०१ मंगलबार , फाल्गुण २०८०८ महिना अगाडि

झन्डै एक दर्जन निर्माण कम्पनी कालोसूचीमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले झन्डै १ दर्जन निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने तयारी गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने तयारी गरेको हो ।

कार्यालयले आज एक सूचना जारी गर्दै ठेक्का लिएर समयमै काम नगर्ने ११ वटा निर्माण कम्पनीलाई ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिएपनि स्पष्टिकरण नबुझाएपछि कालोसूचीमा राख्न प्रक्रिया थालेको बताईएको छ । उक्त निर्माण कम्पनीहरूलाई कालोसूचीमा राख्न नपर्ने आधार भए ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको थियो ।

कालोसूचीमा राख्ने तयारी गरिएका कम्पनीहरुमा लमजुङको चम्पादेवी रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र, ललितपुरको न्यू प्रिन्सपल फेसन ओयर, कञ्चनपुरको प्रगती कन्स्ट्रक्सन, बाजुराको ए वान खप्तड कन्सट्रक्सन एण्ड अर्डर सप्लायर्स, कोशी एण्ड न्यौपाने निर्माण सेवा काठमाडौँलगायत छन् ।