Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भृकुटीमण्डपमा ‘राष्ट्र बचाउ महाअभियान’ कार्यक्रम

०१ मंगलबार , फाल्गुण २०८०८ महिना अगाडि

भृकुटीमण्डपमा ‘राष्ट्र बचाउ महाअभियान’ कार्यक्रम

अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँको ‘राष्ट्र बचाउ महाअभियान’ कार्यक्रम भृकुटीमण्डपमा हुने भएको छ । यसअघि टुँडिखेलमा गर्ने भनिएको कार्यक्रम अनुमति नपाएपछि भृकुटीमण्डपमा हुने भएको हो ।

अभियन्ता प्रसाईँले ‘राष्ट्र बचाउ महाअभियान’ कार्यक्रम फागुन १ गते टुँडिखेलमा गर्ने तयारी गरेको भएपनि काठमाडौं जिल्ला प्रशासन कार्यालयले भृकुटीमण्डपमा गर्न अनुमति दिएपछी कार्यक्रम भुकुटी मण्डपमा हुने भएको हो । जिल्ला प्रशासन कार्यालयले भुकुटी मण्डपको खाली ठाउँमा विरोध प्रदर्शन गर्न प्रसाईलाई अनुमति प्रदान गरेको बताईएको छ ।

अभियन्ता प्रसाईंले लघुवित्त, सहकारी र बैंकबाट पीडितहरुको ऋण मिनाहा लगायतका माग राखेर काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेका हुन् । उनले गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहले बालेको दियो टुँडीखेलमा पुनः प्रज्वलन गर्ने भन्दै पूर्वराजालाई समेत टुँडीखेल आउन निम्तो पठाएका थिए ।

यता आजको भृकुटी मण्डपको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी नहुने भएका छन् । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल दुबैजना जिल्ला भ्रमणको सिलसिलामा चितवन गएका कारण प्रसाईको कार्यक्रममा सहभागी नहुने बताईएको छ ।