Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतीय एसएसबीले बलात्कार गर्न थाल्यो

०१ मंगलबार , फाल्गुण २०८०८ महिना अगाडि

भारतीय एसएसबीले बलात्कार गर्न थाल्यो

काठमाडौं । १८८०  किलोमिटर खुला सीमा छ । सीमाक्षेत्रका नेपाली हरेक दिन भारतीय बजारमा किनमेल, रोजगारी, अन्य कामले आउजाउ गरिरहनुपर्छ । भारतमा काम गरेर फर्केका लुटिन्छन्, भारतीय सुरक्षाकर्मीले भनेको मानेन भने हरेक दिन कुटिन्छन् । 
भारतीय सीमा सुरक्षा बलले यति धेरै ज्यादति र हैरानी दिन्छ कि कतिपय महिलाका अंग छामछुम पार्ने, गिज्याउने, यौनसम्पर्कका लागि दबाबसमेत दिने गर्छन् । केही वर्षअघि दाङ क्षेत्रमा बलात्कारको घटना घटेको थियो । हालै बरियारपट्टी गाउँपालिका ४ की ३० वर्षीया सुनिता (नाम परिवर्तन) ले भारतको लदनिया बजारबाट किनमेल गरेर फर्कदा एसएसबी जवान यौन सम्पर्क गर्न लछारपछार पारे । आफूले अस्वीकार गरेपछि बेस्सरी कुटेको उनले बताइन् ।
लदनियापुर भारत विहारको मधुवनी जिल्लामा पर्ने सीमा बजार हो । यहाँ एसएसबी १८ बटालियन तैनाथ छ । सिरहा प्रजिअ बासुदेव दाहालले यो घटना थाहा पाएको र दुव्र्यवहार रोक्न अनुरोध गरिने बताए । प्रशासनको सामान्य आपत्तीमा प्रमुख गान्धी रामले किनमेल गएर फर्किने महिलालाई यौन प्रस्ताव राख्ने गरेको विषयमा थाहा नपाएको र यस विषयमा बुझेर जानकारी गराउने बताए ।
सीमा सुरक्षा सम्बन्धमा नेपाल भारतका प्रशासकवीच मधुवनीमा फागुन ११ गते बैठक छ, प्रजिअले त्यहाँ यो दुव्र्यहारको कुरा उठाउने बताएका छन् । भारत सरकारले सीमा नियमन गर्न पनि दिदैन, आफ्ना सुरक्षाकर्मीलाई ठेगानमा पनि राख्दैन, नेपालीमाथि अत्याचार बढ्दो छ ।