Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाललाई अस्थिरताको आगोमा झोसियो

०१ मंगलबार , फाल्गुण २०८०८ महिना अगाडि

नेपाललाई अस्थिरताको
आगोमा झोसियो

प्रेमसागर पौडेल– - - 
सरकार, सरकारजस्तो हुनसकेन । प्राथमिकतामा देश र जनता पर्न सकेनन् ।
बिचौलिया र देशविरोधी पराइको स्वार्थमा चल्दैछ–सरकार!मैले बारम्बार भन्दै आएको छु, सहमतिको बिकल्प छैन । सहमति तपाईंहरूलाई मात्रै होइन देश र जनतालाई पनि फाइदा हुन्छ । १७ वर्षदेखि लोकतन्त्र हाँक्ने नेता उही छन्, कसैले पनि परिपक्वता देखाउन सकेनन् । सत्ता र शक्तिको लडाइँमा आफू आफूमै भिड्न थालेपछि अन्ततोगत्वा नतिजा अराजकता हो ।
राजनीति अराजक भइसकेको छ । तरल छ । कस्तो आकार प्रकारमा राजनीति अघि बढ्छ भन्न सकिन्न । श्रीलंकाको जस्तो दर्दनाक परिस्थिति पनि आउन सक्छ । कुनै न कुनै अकल्पनीय घटना घट्छ कि भन्ने भय सबैतिर बढेकै छ । सत्ता र शक्तिको प्रतिस्पर्धा बेपत्ताले बढिरहेकै छ । यही मौकामा विदेशीहरू पनि चौका हान्ने दाउमा लागिरहेकै छन् । राजनीतिमा चेत देखिन्न, अचेत राजनीतिले देशलाई थप संकटमा पार्ने अवस्था विकसित हुँदैछ ।
राजनीति सफल भएन । राजनीतिले तात्वीक परिवर्तन ल्याएन । जनतामा नैराश्यता बढेको छ । कुशासनले देशलाई खाँदै गएको छ । फेरि अस्थिरताको अभ्यास सडकमा देखिने निश्चित छ । त्यसै पनि नेपालको राजनीति ईण्डो–वेष्टर्नको गोलचक्करमा थियो, अव झन कसिलो बन्नेभयो, गोलचक्करबाट बाट बाहिर ननिस्कने भयो । नेपाल र नेपालीले महगो मूल्य चुकाउनु पर्नेभो ।
प्रजातन्त्रवादी वा नेकपाका जो कोही हुन्, तिनका मालिक एउटै हुन । नेताहरूले जहिले जसलाई अहिले  केही भारतीयलाई उपयोग गरिरहेको घटनाले नेपाल चीन विरोधी खेमामा ध्रुवीकरण भइरहेको स्पष्ट गरेको छ ।