Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

Image

दुर्गा प्रसाईलाई अन्तिम मौका

शाश्वत शर्मा

०१ मंगलबार , फाल्गुण २०८०८ महिना अगाडि

दुर्गा प्रसाईलाई अन्तिम मौका

फागुन १ गते दुर्गा प्रसाईले राजधानीमो ठूलै जनसभा गरेर हिन्दुराष्ट र राजतन्त्र पुनस्र्थापनाको घोषणा गर्ने भनिदैछ । पूर्वराजालाई समेत निम्त्याएका छन् । पूर्वराजा केही दिनका लागि चितवन जाने कार्यक्रम सार्वजनिक भइसकेको छ । भनिदैछ, गत मंसिरमाजस्तोयो आन्दोलन एकलकाँटे हुनेछैन । आन्दोलन बिद्रोहको स्वरूप धारण गरेर निरन्तर जारी रहनेछ । अबको आन्दोलनको अग्र पंक्तिमा राप्रपा, राप्रपा नेपाल, केशर बिष्टको संगठनसमेत सहभागी हुनेछन् । अर्थात् आन्दोलनको उठान हुँदैछ ।
हुन त यो व्यवस्था आएदेखि आन्दोलन भइनै रहेको छ । बेला बेलामा अब त परिणाम आउँछ कि भन्यो, आन्दोलन सेलाउँथ्यो । यसपटकको आन्दोलन भने मर्ता क्या नही कर्ता हिसावको हुने लक्ष्यण देखिएको छ । सरकारले तोकेकै स्थानबाट आन्दोलन हुने भनेकोले यो आन्दोलन भ्रमित पार्ने खालको हुनसक्ने संशय उत्पन्न भएको छ । कतै यो आन्दोलन एकप्रकारको विरोध प्रदर्शनमा सिमित हुने त होइन ?
आन्दोलन भनेको त सडक जाम, तोडफोड, आगजनी, कफ्र्यू, लाठीचार्ज, अश्रुग्यास भनेर बुझिने गरिएको बिगत रहेको छ । दुर्गा प्रसाईका तर्फबाट बोल्नेहरू भन्छन्– तराई मधेश पहाड, हिमालबाट समेत पाँच सात लाख जनता सहभागी हुनेछन् । मंसिरको आन्दोलनमा ठूलैभीड जम्मा भएको थियो । जब साँझ पर्न थाल्यो, त्यसपछि आन्दोलन चिस्सिएको थियो । न जनताले खोजेको केही पाए, न मिटरव्याजीले राहत नै अनुभव गर्न पाए । यसकारण फागुन १ को आन्दोलन दुर्गा पूसाई र हिन्दुराष्ट्र, राजा ल्याउनेहरूका लागि अनितम मौका हुनसक्छ । त्यसपछि जनताले यस्ता आन्दोलनहरूमा कुनै चासो पनि नदिन सक्छन् । यो आन्दोलन फुस्सा भयो भने त्यो अवस्था राजतन्त्र र हिन्दुवादीहरूका लागि समेत दुःखद हुनेछ । आन्दोलनको आयोजना नगरौं, गरेपछि परिणाममा पु¥याएर छाडौं । केही दिन अघि राजदरवार अगाडि केही मान्छे भेला भए, आक्रोश देखाए, घर घर गए । के यो दृश्य हामी सडकमा छौं भनेर देखाएको हो ? यो त राजनीति र प्रशासनबाट पीडितलाई थप पीडा दिन यस्ता खाले मदारीहरू आएको मात्र होइन र ? यस्तो तालले न हिन्दुराष्ट्र, न राजतन्त्र नै पुनस्र्थापना हुन्छ ?
आन्दोलनको गति अनि आयोजकहरूको मति दुबै भ्रमपूर्ण देखिदैछ । फागुन १ गतेदेखि आन्दोलन, आन्दोलनपछिको खाका खोई ? आन्दोलनले हिन्दुराष्ट्रका लागि भनेको छ, राजतन्त्र सहजै हुन्छ भनिदैछ । त्यस्तो सहज हुने हो भने गणतन्त्रवादीहरू किन लुटिरहेकाछन्, किन तर्सिरहेका छैनन् ? द्विविधाको मनस्थिति छ आन्दोलनकारीमा, स्पष्ट मार्गचित्र छैन आन्दोलनका अगुवाहरूमा । सबैलाई थाहा छ, राजसंस्था पुनस्र्थापना भयो भने शक्तिशाली आयोग बन्नेछ र भ्रष्टहरू जेल पुग्नेछन् । यसकारण पनि राजतन्त्रको पुनस्र्थापनालाई कमजोर कडी बनाइदैछ । जनताको आक्रोशलाई मात्र हिन्दुराष्ट्र घोषणातिर डो¥याइदैछ । देशमा बेथितिको पराकाष्ठा छ । परिवर्तनकारीले देशलाई डुबाउनु डुबायो । जनयुद्ध र जनआन्दोलनमा गरेको भूललाई सच्याउन चाहन्छन् जनता । यसकारण जनताको यो आन्दोलनमा दह्रो नेतृत्व चाहियो ताकि देश र विदेशमा समेत आश्वस्तताको वातावरण सिर्जना गर्न सकोस् । मंसिर ७ को आन्दोलन मंसिर ९ बाट सामसुम, फागुन १ को आन्दोलन त्यस्तो नहोस् ।
दुर्गा प्रसाईले जेजस्ता मुद्दाहरू उठाएका छन्, ती सबै जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने खालका छन् । यी मुद्दा त चुनावमा घोषणापत्रद्वारा जनतालाई दिएका आश्वासन थिए, जुन दलहरूले चुनाव जितेपछि बेवास्ता गरे । पुराना मात्र होइनन्, नयाँ दल र युवाहरूले समेत जनताका अपेक्षा र आवश्यकतालाई समात्न सकेनन् । दुर्गा प्रसाई र केशर विष्टहरू यसकारण चम्किएका हुन् । अब सबैखाले राजतन्त्र र हिन्दुवादीहरूले एकजूट हुनसके भने यो आन्दोलन परिणाममुखी हुनसक्छ । षडयन्त्रका अनेक प्रपञ्च जान्ने सत्ता र प्रतिपक्षी दलहरूले अझै पनि फुटाउने र राज गर्ने रणनीति अख्तियार गर्न सक्छन् । गर्नेछन् । त्यसप्रति चनाखो भएर सामुहिक प्रयत्नमा जुट्ने सद्बुद्धि पलायो भने यो आन्दोलनले घोषित परिणाम दिनेछ, भ्रष्टहरू झुक्नेछन् ।
प्रश्न छ, को को यो आन्दोलनमा जुट्ने हुन् ? यो स्पष्ट छैन । बोल्न लजाउने, दुर्गा प्रसाईलाई नेता मान्न असहज मान्नेहरू धेरै छन् । हिन्दु र राजतन्त्रवादी हुँ भन्नेहरूमा आफै नेता हुनुपर्ने अहंकार कायमै छ । देशै नरहे पनि चूप लाग्ने मनस्थिति राख्ने समय छैन अब । सबै मिलेर अस्तित्व रक्षामा जुट्ने समय हो यो ।