Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

फागुन १ गते कुनै बिदा छैन : गृह मन्त्रालय

२९ सोमबार , माघ २०८०५ महिना अगाडि

फागुन १ गते कुनै बिदा छैन : गृह मन्त्रालय

भोलि फागुन १ गत्ते कुनै पनि सार्वजनिक बिदा नभएको गृह मन्त्रालयले स्पष्ट पारेको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले फागुन १ गत्ते सार्वजनिक बिदा नभएको स्पष्ट पारेको हो ।

यसअघि फागुन १ गते सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको छ । गृह मन्त्रालयले २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको उल्लेख गर्दै विज्ञप्ति जारि गरेको हो ।

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‍ले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिने गरी क्यालेण्डर तयार पारेको भएपनि मन्त्रालय बिदा नहुने बताएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनाअनुसार फागुन १ गते कुनै पनि सार्वजनिक बिदा नरहेको बताईएको हो ।

मन्त्रिपरिषद्‍ले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिने तय गरेको थियो । तर, सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरिदिएको र अदालतको उक्त आदेशसँगै भोलि फागुन १ गतेका लागि तोकिएको जनयुद्ध दिवसको बिदा नहुने भएको हो ।