Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

साउदीको जेलमा ४ सय भन्दा बढी नेपाली

२९ सोमबार , माघ २०८०५ महिना अगाडि

साउदीको जेलमा ४ सय भन्दा बढी नेपाली

वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब पुगेका ४ सय भन्दा बढी नेपाली त्यहाँको जेल परेका छन् । अवैध रुपमा मदिरा बनाएर बिक्री वितरण गरेको आरोपमा उनीहरु जेल परेका हुन् ।

अवैध रुपमा मदिरा बनाएर बिक्री वितरण गरेको आरोपमा सयौँ नेपाली श्रमिकहरू जेल परेको बताईएको छ । नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री वितरण गर्ने र सेवन गर्ने गरेका कारण उनीहरु जेल परेका हुन् ।

साउदी अरबमा त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ । बढी आम्दानी हुने लोभमा नेपालीहरू मदिरा बनाउने, बेचबिखन र सेवन गर्ने कार्यमा संलग्न हुँदा पक्राउ परेर जेलमा पुगेको बीबीसीले उल्लेख गरेको छ ।

अधिकारीहरुका अनुसार साउदी अरबको जेलमा हाल ४०० भन्दा धेरै नेपालीहरू रहेको बताईएको छ । अहिले तत्काल ४ सयको तथ्यांक देखिए पनि साउदीको जेलमा रहेका नेपालीको वास्तविक संख्या त्यो भन्दा पनि धेरै हुनसक्ने आकलन गरिएको छ ।

नेपाली श्रमिकहरुको एउटा प्रमुख श्रम गन्तव्य बनेको साउदी अरबमा हाल झन्डै ४ लाख नेपालीहरू कार्यरत रहेका छन् ।