Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

झन्डै २ करोड नक्कली नोट सहित भारतीय नागरिक पक्राउ

२९ सोमबार , माघ २०८०५ महिना अगाडि

झन्डै २ करोड नक्कली नोट सहित भारतीय नागरिक पक्राउ

भारतीय नम्बर बीआर ११ एक्स ३४२९ स्कारपियोमा शंका लागेर प्रहरीले जाँच गर्दा झन्डै २ करोड नक्कली नोट बरामद भएको छ । सुनसरी प्रहरीले भारतीय सवारीमा लुकाई राखिएको अवस्थामा उक्त नोट बरामद गरेको हो ।

प्रहरीले जाँच गर्दा भारतीय सवारीमा लुकाई राखिएको १ करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको बताईएको छ । ट्राफिक प्रहरीले सुनसरीको इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोला नजिक पूर्व पश्चिम राजमार्गमा चेकजाँचका क्रममा नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक विपीन रेग्मीका अनुसार जाँचका क्रममा गाडीको पछाडि भागमा लुकाइराखेको अवस्थामा नोट फेला परेको हो । नक्कली नोट सहित गाडी चालक भारतीय २२ वर्षीय मोहम्मद सैदयलाई समेत पक्राउ गरेको बताईएको छ ।

प्रहरीले भारत वीरपुरका गाडी चालक मोहम्मद सैदयलाई पक्राउ गरेपनि गाडीमा सवार अर्का एक ब्यक्ति भने फरार भएको र उनको खोजी भईरहेको बताईएको छ ।