Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

न्यायाधीश आचार्यको मुगु काज सरुवा

२९ सोमबार , माघ २०८०५ महिना अगाडि

न्यायाधीश आचार्यको मुगु काज सरुवा

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मुगुमा काज सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् ।

काठमाडौँ बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण कुमार चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिएपछि न्यायाधीश आचार्य विवादमा तानिएका थिए । आचार्यले गरेको आदेशमा कैफियत नभएपनि भाषा न्यायिक मर्म अनुसारको नभएको भन्दै सर्वोच्च अदालतको जिरो आवरमै छलफल चलेको थियो ।

यसअघि नवलपुर जिल्ला अदालतमा रहँदा देशैभरबाट सबैभन्दा धेरै मुद्दा फर्स्योट गरेका आचार्यलाई प्रधानन्यायाधीश श्रेष्ठले दुई वर्ष पूरा नहुँदै काठमाडौं जिल्ला अदालतमा सरुवा गरी ल्याएका थिए । अहिले न्यायाधीश आचार्यलाई कामकाज गर्न सहज होस् भनेर मुगुमा काज सरुवा गरेको बताईएको छ ।