Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

ट्राफिक प्रहरीबाट वीरगञ्जमा ६ महिनामा १ करोड भन्दा बढी राजस्व सङ्कलन

२९ सोमबार , माघ २०८०५ महिना अगाडि

ट्राफिक प्रहरीबाट वीरगञ्जमा ६ महिनामा १ करोड भन्दा बढी राजस्व सङ्कलन

चालु आर्थिक वर्षको ६ महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले एक करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा एक करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको हो ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा एक करोड २ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी उक्त राजस्व संकलन गरेको हो ।

ट्राफिक प्रहरीले उक्त अवधिमा १० हजार ८ सय २० सवारीमाथि कारबाही गरी यो परिमाणको राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिएका छन् ।

त्यस्तै गत आव २०७९/८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालक तथा सवारी साधनमाथि कारबाही गरी ३ करोड ४२ लाख ६५ हजार राजस्व संकलन गरेको थियो । उक्त राजश्व संकलन अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा २१ प्रतिशतले बढी भएको पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कार्यालयले  २ करोड ८५ लाख २१ हजार ५ सय राजस्व संकलन गरेको बताईएको छ । ट्राफिक जाँचमा गरिएको कडाइका कारण राजस्व संकलनमा वृद्धि भएको प्रहरी निरीक्षक खतिवडाले बताएका छन् । साथै, सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।