Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

आकस्मिकमा सीमित बिरामीको उपचार गर्दै त्रिवि शिक्षण अस्पताल

२९ सोमबार , माघ २०८०५ महिना अगाडि

आकस्मिकमा सीमित बिरामीको उपचार गर्दै त्रिवि शिक्षण अस्पताल

आजदेखि त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज)ले सीमित आकस्मिक बिरामीको मात्रै उपचार गर्ने भएको छ । आजदेखि केही दिन आकस्मिक कक्ष मर्मत गर्नुपर्ने भएकाले सीमित साधन स्रोतबाट सीमित आकस्मिक बिरामीको मात्रै उपचार गर्ने भएको हो ।

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष मर्मत गर्नुपर्ने भएकाले सीमित साधन स्रोतबाट उपचार गर्ने अस्पतालले जनाएको छ । मर्मतको काम नसकिन्जेल सिमित आकस्मिक बिरामीको मात्रै उपचार गर्ने पनि अस्पतालले बताएको छ ।  

आज 'माघ २९ देखि केही दिन यस अस्पतालको इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएको हुँदा सीमित साधन स्रोतबाट उपचार गर्नुपर्ने अवस्था छ । उपचारमा आउनुहुने बिरामीमा पर्नजाने असुविधाका लागि त्रिवि शिक्षण अस्पताल क्षमा चाहन्छ’, आज प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।