Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आलमविरुद्धको मुद्दाको पेसी आज

२८ आइतबार , माघ २०८०२ बर्ष अगाडि

आलमविरुद्धको मुद्दाको पेसी आज

रौतहट जिल्ला अदालतमा पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दामा अन्तिम फैसलाको लागि आज पेसी ताेकिएकाे छ । आलमविरुद्धको मुद्दाको रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा पेसी ताेकिएकाे हाे ।

यसअघि पटकपटक पेशी सर्दै आएको आलमविरुद्धको मुद्दाको पेसी क्रमसंख्याअनुसार चौथो नम्बरमा रहेको बताईएको छ । यसअघि पटकपटक पेसी तोकिए पनि मुद्दाकाे सुनुवाइ नभएको आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेकोसम्बन्धी अभियाेग लागेकाे छ ।

आलमविरुद्ध २०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले भारतदेखि बम बनाउनेहरू ल्याई बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोग लागेको छ । उक्त मुद्दामा आलमसहित ११ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रतिवादी बनाइएकाहरुमा शेख सरोज भनिने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहमद महताब आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहम्मद मोबिन आलम, शेख जुमइन भन्ने शेख मलकारलगायत रहेका छन् ।

आलमलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत रौतहटले दिएको आदेश उच्च अदालत, वीरगञ्जले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।