Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

आफ्नै स्वामित्वको भवनमा सर्दै महिला आयोग

२८ आइतबार , माघ २०८०६ महिना अगाडि

आफ्नै स्वामित्वको भवनमा सर्दै महिला आयोग

स्थापना भएको २२ वर्षपछि राष्ट्रिय महिला आयोग आफ्नै स्वामित्वको भवनमा सर्ने भएको छ । यसअघि राष्ट्रिय समाचार समितिको भद्रकालीस्थित भवनमा भाडामा बस्दै आएको आयोग आफ्नै स्वामित्वको भवनमा सर्ने भएको हो ।

आयोग अबको १५ दिनभित्र आफ्नै स्वामित्वको भवन नारायणहिटी दरबारस्थित तत्कालीन राहदानी विभागको भवनमा सर्ने आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले जानकारी दिएकि छन् । गत असोज २१ गते मन्त्रिस्तरीय निर्णय बमोजिम तत्काललाई भवनको पहिलो तला र अपुग भएमा अन्य तलाका कोठासमेत आयोगलाई स्वामित्व हुने गरी उपलब्ध गराउने बताईएको छ ।

सहरी विकास मन्त्रालयको मन्त्री सीता गुरुङको निर्णयपछि आयोगले कार्यालय सार्न माघ १२ गते सदस्य एवं प्रवक्ता खतिवडाको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले उक्त भवनमा कार्यालय सार्नका लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले  २०५८ साल फागुन २३ गते महिला आयोगको स्थापना गर्ने निर्णय गरेको थियो । महिलाको हक, हित र अधिकारलाई संरक्षण र सम्वद्र्धन गर्दै महिला सशक्तीकरण तथा महिलाविरुद्ध हुने सबै किसिमका भेद्भावलाई निर्मूल गरी लैङ्गिक न्याय सुनिश्चित गर्न सघाउ पुर्याउने उद्देश्यले आयोगको स्थापना गरिएको हो ।