Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी एसएसपी पोखरेललाई

२८ आइतबार , माघ २०८०६ महिना अगाडि

विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी एसएसपी पोखरेललाई

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको छ । माघ १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हातपात प्रकरणपछि विमानस्थल सुरक्षा प्रमुख डिआइजी अर्जुन चन्दले राजीनामा दिएपछि खालि भएको विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी एसएसपी पोखरेललाई दिइएको हो ।

त्यसैगरी प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । प्रहरी नायब महानिरीक्षक चन्दलाई सरुवा गरिएपछी विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिएका छन् ।

त्यसैगरी विमानस्थलमा कार्यरत अर्का प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको र बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीबाट पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको बताईएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच माघ १२ गते हातपात भएको थियो । हात हालाहाल पछी विमानस्थल सुरक्षा प्रमुख डिआइजी अर्जुन चन्दले राजीनामा दिएकोमा उनको राजीनामा फिर्ता गरी प्रहरी प्रधान कार्यालयले उनलाई प्रदेश समन्वय विभागमा सरूवा गरिएको छ ।