Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

न्यायाधीश नियुक्तिका लागि विज्ञापन आह्वान

२६ शुक्रबार , माघ २०८०८ महिना अगाडि

न्यायाधीश नियुक्तिका लागि विज्ञापन आह्वान

न्याय सेवा आयोगले एक सूचना जारी गर्दै ४३ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले आन्तरिक खुला, खुला तथा समावेशी गरी ४३ जनाका लागि विज्ञापन आह्वान गरेको हो ।

आयोगको सूचनाअनुसार आन्तरिक खुला, खुला तथा समावेशी गरी ४३ जना  जिल्ला न्यायाधीशका लागि विज्ञापन आह्वान गरेको हो । जसअनुसार आन्तरिक खुला तर्फ २१, खुल्ला १२, महिला ४, आदिवासी/जनजाति २, मधेसी २, दलित र अपाङ्ग १–१ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

काठमाडौँ उपत्यकाबाट मात्रै लिइने परिक्षामा लिखित र अन्तरवार्ता हुने र परीक्षाका लागि माघ २६ गते शुक्रबार देखि ३० दिनभित्र दरखास्त दिन सकिने बताईएको छ । जसका लागि परिक्षा केन्द्र पछि तोकिने जनाइएको छ ।

उक्त विज्ञापनका लागि दोब्बर दस्तुरमा त्यसको सात दिन पछि पनि दरखास्त दिन सकिने सुचनामा उल्लेख गरिएको छ ।