Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महानगरद्धारा स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन गर्न निर्देशन

२६ शुक्रबार , माघ २०८०८ महिना अगाडि

महानगरद्धारा स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन गर्न निर्देशन

काठमाडौं महानगरपालिकाले एक सुचना सार्वजनिक गर्दै स्वास्थ्य संस्थाजन्य फोहोर आफैँ व्यवस्थापन गर्न निर्देशन दिएको छ । महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २० उपदफा (२) बमोजिम महानगरपालिकाले यस्तो निर्देशन दिएको हो ।

महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारीगर्दै वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २० उपदफा (२) बमोजिम स्वास्थ्य संस्थाजन्य फोहोर आफैँ व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

उक्त ऐनको दफा ५१ र ५२ मा ऐनमा लेखिएको विपरीत कार्य गरेमा कसुर तथा जरिवानाको व्यवस्था रहेको स्मरण गराउँदै महानगरपालिकाले पालिका भित्रका स्वास्थ्य संस्थाहरूले सोही बमोजिम आफ्नो स्वास्थ्य संस्थाजन्य फोहोर आफै व्यवस्थापन गर्न सुचनामा उल्लेख गरेको छ । 

त्यस्तै महानगरले सूचना विपरीत कार्य गरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ ।