Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सहजता प्रदान गर्न आजदेखि ई-भिसा लागू

२६ शुक्रबार , माघ २०८०८ महिना अगाडि

सहजता प्रदान गर्न आजदेखि ई-भिसा लागू

मुलुक भित्र बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान गर्न आजदेखि अध्यागमन विभागले ई-भिसा लागू गर्ने भएको छ । ई‍-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक शुरुवात गर्दै विभागले शुक्रबारदेखि ई-भिसा लागू गर्ने भएको हो ।  

शुक्रबारदेखि ई-भिसा लागू गर्दै देशमा बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान गर्न ई-भिसा लागू गर्न लागेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताएका छन् । 

ई-भिसा लागू भएपछि नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हट्ने पनि महानिर्देशक तामाङले बताए ।

ई-भिसा प्रणाली लागु भएसँगै विदेशी नागरिकले जुनसुकै स्थानबाट भिसाका लागि आफैँ आवेदन गर्न सक्नेछन् । उक्त सेवाको औपचारिक आरम्भ शुक्रबार बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ ।

यसअघि केही समय परीक्षणका रूपमा शुरु गरिसकेको सेवा पूर्णरूपमा सफल भएपछि औपचारिकता दिन लागिएको हो । अध्यागमन विभाग र कार्यालयहरूलाई पूर्णरूपमा प्रविधियुक्त र स्वचालित बनाएको र अब सेवा औपचारिक रुपमा सुरु हुने पनि महानिर्देशक तामाङको भनाई छ ।