Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाल प्रहरीमा आवेदन माग

२६ शुक्रबार , माघ २०८०८ महिना अगाडि

नेपाल प्रहरीमा आवेदन माग

नेपाल प्रहरीको रिक्त पदपूर्तिका लागि आवेदन माग गरिएको छ । जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा नेपाल प्रहरी प्रधान कार्यालयले दरखास्त माग गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयले सूचना जारि गर्दै रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा पदपूर्तिका लागि दरखास्त माग गरेको हो । सूचनाअनुसार खुला तथा समावेशीसहित प्रहरी जवान पदका १ हजार ८ सय ५६ पदका लागि आवेदन माग गरिएको छ ।

त्यसैगरी भान्छेका लागि ६३ जना, हजाम ७ जना, कुचिकार २० जना र खेलाडी १४ जनाका लागि पनि आवेदन आव्हान गरिएको छ । खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उम्मेदवारले चैत ९ गतेसम्म आवेदन दिन सकिने सूचनामा जानकारी गराईएको छ ।