Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

इटहरीका सबै विद्यालयमा एउटै पोसाक

२६ शुक्रबार , माघ २०८०८ महिना अगाडि

इटहरीका सबै विद्यालयमा एउटै पोसाक

सुनसरी जिल्लाको इटहरी उमहानगरपालिका भित्रका सबै निजी तथा सामुदायिक विद्यालयलाई एउटै पोसाक लागू गर्ने भएको छ । पालिकाको शिक्षा समितिले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको हो ।

इटहरी उमहानगरपालिका भित्र १ सय ३४ निजी र ३६ सामुदायिक गरी १ सय ७० विद्यालय रहेका छन् । उक्त पालिका भित्र ६३ हजार ५ सय २६ जना विद्यार्थी एउटै पोसाकमा विद्यालय जाने इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताएका छन् । प्रमुख पौडेलले विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउन उक्त निर्णय लिएको बताए ।

त्यसैगरी विद्यालयमा टाई हटाएर टाईको सट्टा भादगाउँले टोपी लगाउने र उपमहानगरका कर्मचारी र जनप्रतिनिधिको सन्तानलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरिएको छ । साथै,विद्यालय मातहतमा स्टेशनरी,पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री/वितरणमा रोक लगाईएको छ ।

उमहानगरपालिका भित्रका विद्यालयले भर्ना शुल्क वापत एक पटक लिएपछि सो विद्यालयमा पढ्ने विद्यार्थी वापत पटक-पटक कक्षा चढ्दा भर्ना शुल्क लिन नपाइने समेत निर्णय भएको प्रमुख पौडेलले बताएका छन् ।