Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कोशीमा प्रदेश सरकार र पहिचानवादी बीचको वार्ता जारी

२६ शुक्रबार , माघ २०८०८ महिना अगाडि

कोशीमा प्रदेश सरकार र पहिचानवादी बीचको वार्ता जारी

कोशी प्रदेशको नाम संशोधन गर्नुपर्ने मागसहित आन्दोलन गरिरहेको पहिचानवादी र कोशीमा प्रदेश सरकारबीच हिजोदेखि सुरु भएको वार्ता आज पनि जारी छ । पहिचान सहितको नामकरण गर्नुपर्ने माग गर्दै आएका पहिचान पक्षधर र सरकारबीच द्विपक्षीय वार्ता आज बिहान ८ बजेदेखि शुरु भएको हो ।  

हिजो बिहीबार वराटनगरस्थित बिग होटलमा पहिलो चरणको औपचारिक द्विपक्षीय वार्ता सम्पन्न भएको थियो । कोशी प्रदेशको नाम संशोधन गर्नुपर्ने मागसहित आन्दोलनरत पहिचानवादीसँग सरकारले बिहीबार सकारात्मक वार्ता भएको र आज पुनः वार्तालाई निरन्तरता दिएको बताईएको छ ।

वार्तामा कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा बनाएको तीन सदस्यीय वार्ता समितिसँग पहिचान पक्षधरका ११ जनाले वार्ता गरेका थिए । वार्तामा पहिचान पक्षधरको माग अनुसारको नामकरण र आन्दोलनका क्रममा ज्यान गुमाएका तथा झुटो मुद्दामा फसाईएकाहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने विषयमा छलफल भएको छ ।

सरकारले औपचारिक पत्र पठाएर आह्वान गरेपछि प्रदेश कोशी प्रदेश पुनः नामकरण संयुक्त संघर्ष समितिले वार्ता गर्ने निर्णय गरेको थियो । त्यस्तै द्विपक्षीय वार्तामा प्रदेशको वैकल्पिक नामको विषयमा समेत छोटो कुराकानी भएको बताईएको छ ।

प्रदेश सरकारको माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पहिचान पक्षधरसँग वार्ता गर्ने निर्णय गर्दै मन्त्री जवेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहने गरी तीन सदस्यीय समिति बनाएको थियो । 

दोस्रो चरणको द्विपक्षीय वार्ताले के-के विषयमा कसरी छलफल गर्ने भन्ने विषय टुङ्गो लगाउने बताइएको छ ।