Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मधेशको सुरक्षामा समन्वय गर्न सुरक्षा निकायलाई निर्देशन

२५ बिहिबार , माघ २०८०९ महिना अगाडि

मधेशको सुरक्षामा समन्वय गर्न सुरक्षा निकायलाई निर्देशन

धेश प्रदेशको सुरक्षाका लागि समन्वय गर्न प्रशासनिक तथा सुरक्षा निकायलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका छन् । आज महोत्तरीको बर्दिबासका आयोजित सुरक्षा समीक्षा कार्यक्रममा गृहमन्त्री श्रेष्ठले उक्त निर्देशन दिएका हुन् ।  

मन्त्री श्रेष्ठले मधेश प्रदेशको सुरक्षाका लागि समन्वय गर्न प्रशासनिक तथा सुरक्षा निकायलाई निर्देशन दिंदै  धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्किन र साम्प्रादायिक गतिविधि प्रशासनिक विधिबाट नियन्त्रण गर्न निर्देशन दिएका छन् । बर्दिबासमा आयोजित सुरक्षा समीक्षा कार्यक्रममा महोत्तरी तथा धनुषाका सीडीओ, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवम् राष्ट्रिय अनुसन्धान विभागका मधेश प्रदेश प्रमुखहरू र जिल्लाका सुरक्षा प्रमुखहरूले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे गृहमन्त्री श्रेष्ठलाई रिपोर्टिङ गरेका थिए ।

रिपोर्टिङपछि गृहमन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रण र कारोबारीलाई कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गरि सुधार केन्द्रहरू बनाउन प्रदेश र पालिका सरकारसँग समन्वय गरेर काम गर्न निर्देशन दिएका थिए ।

मन्त्री श्रेष्ठले सिमानामा राजस्व चुहावट नियन्त्रण गर्न र राजस्व बढाउन, अबैध कारोबार नियन्त्रण गर्न र क्रस बोर्डर क्राइम रोक्न बोर्डर पोस्ट थप्ने गृहकार्यमा सरकार रहेको पनि बताएका थिए भने मिटर ब्याजीको नाममा कुनै बिचौलिया देखिए कारबाही गर्नसमेत उनले निर्देशन दिएका छन् ।