Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य

२५ बिहिबार , माघ २०८०९ महिना अगाडि

घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य

सरकारले घरजग्गाको कारोबार गर्न इजाजतपत्र (लाइसेन्स) अनिवार्य गरेको छ । बुधबार प्रतिनिधि सभाको बैठकले मालपोत ऐन संशोधन सम्बन्धी विधेयक पारित गर्दै घरजग्गा कारोबार गर्न इजाजतपत्र (लाइसेन्स) अनिवार्य गरेको हो ।  

अब इजाजतपत्र (लाइसेन्स) नलिई घरजग्गा कारोबार गर्न नपाइने यदि लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिबाना र ६ महिना कैद हुने बताईएको छ । इजाजतपत्र बिना घरजग्गा कारोबार गर्न नपाइने विधेयक प्रतिनिधि सभाबाट पारित भएसंगै इजाजतपत्र (लाइसेन्स) अनिवार्य गरिएको हो ।

त्यसैगरी बुधबार बसेको प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ । 

उक्त विधेयक मार्फत मालपोत ऐन संशोधन गर्दै सरकारले तोकेको क्षेत्रमा तथा सरकारले तोकेको क्षेत्रफल वा रकमको सीमाभन्दा बढीको घरजग्गा सम्बन्धी कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको बताईएको छ ।