Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपाल र क्यानाडा एकदिवसीय सिरिज टियु मैदानमा

२५ बिहिबार , माघ २०८०२ बर्ष अगाडि

नेपाल र क्यानाडा एकदिवसीय सिरिज टियु मैदानमा

आज नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल टियु मैदानमा खेलिरहेको छ । आजको पहिलो खेल टियु क्रिकेट मैदानमा बिहान ९:१५ देखि शुरु भएको हो ।

नेपालले क्यानाडाविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्ने बताईएको छ । त्यसैगरी क्यानडाविरुद्ध रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिमको घोषणा गर्दै १० फेब्रुअरीमा दोस्रो र १२ फेब्रुअरीमा तेस्रो खेल खेल्ने जनाएको छ ।

क्यानडाविरुद्ध रोहित पौडेलको कप्तानीमा रिजन ढकालसहित हेमन्त धामी र आकाश चन्दलाई पहिलो पटक टिममा सामावेश गरिएको छ । क्यानडाविरुद्ध खेलमा करण केसी, दिपेन्द्र सिंह ऐरी लगायतलाई भने आराम दिइएको बताईएको छ ।

क्यानडाविरुद्ध खेल्ने टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजबंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।

सन् २०१९ मा एकदिवसीय मान्यता गुमाएको क्यानडाले २०२३ क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गर्दै ४ वर्षका लागि एकदिवसीय मान्यता पुनः प्राप्त गरेको थियो  । त्यस्तै क्यानडाले आईसीसी टी-२० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी-२० विश्वकपमा समेत आफ्नो स्थान सुरक्षित गरेको छ ।

नेपालले अहिलेसम्म आज सहित ५९ एकदिवसीय खेल खेलेको छ । जसमा ३० खेलमा जित २७ खेलमा हार, खेल बराबरी र एक खेलको नतिजा आउन बाँकी छ । अहिलेसम्मकै सबैभन्दा बढी युएईविरुद्ध नेपालले १५ एकदिवसीय खेल खेलेको छ जसमा ९ जित र ६ हार बेहोरेको छ ।