Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

तामाङ समाज युएईको ल्होछार विशेष कार्यक्रमको तयारि पुरा

२५ बिहिबार , माघ २०८०२ बर्ष अगाडि

तामाङ समाज युएईको ल्होछार विशेष कार्यक्रमको तयारि पुरा

वैदेशिक रोजगारीको शिलशिलामा युएईमा क्रियाशील तामाङ समाज युएईले आयोजना गर्ने सोनाम ल्होछार तथा सेलो विशेष कार्यक्रमको तयारि पुरा भएको छ । युएईमा क्रियाशील तामाङहरुको छाता संगठन तामाङ समाज युएईको आयोजनामा हुन लागेको मन्जुश्री संवत् २८६० डुक ल्हो (मु पुख्री) सोनाम ल्होछार तथा सेलो विशेष कार्यक्रमको अन्तिम तयारी पूरा भएको हो ।

यहीँ फेब्रुअरि १० तारिकका दिन रोयल रोज होटल अबधाबी र फेब्रुअरि ११ तारिकमा युएईको विकसित शहर दुबई स्थित क्लब SK7 मा हुने कार्यक्रममा नेपालदेखि आउने अतिथि कलाकारहरु बरिस्ठ गायक तथा संगीतकार विश्व दोङ र गायिका जितु लोप्चन सांगीतिक प्रस्तुति दिने बताईएको छ ।

'तामाङ समाज युएईको शान, तामाङ संस्कृति तामाङ पहिचान' भन्ने मुल नारा लिएर लामो समयदेखि तामाङ जातिको भाषा धर्म र संस्कृति संरक्षण र प्रबर्द्धन गर्ने उदेश्यले विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको समाजले यस वर्ष पनि सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम गर्न लागेको तामाङ समाज युएईका कार्यकारी अध्यक्ष भिम दोङले जानकारी दिएका छन् ।

उक्त ल्होछार बिशेष कार्यक्रममा युएईमा रहेका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने बताईएको छ । उक्त कार्यक्रममा धेरै नेपालीहरु सहभागी भइ आफ्नो देशको कला संस्कृतिको प्रबर्द्धन गर्न टेवा पुर्याउने विश्वास आयोजकले गरेको छ ।