Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पाकिस्तानी गायन नेपालमा

२५ बिहिबार , माघ २०८०२ बर्ष अगाडि

पाकिस्तानी गायन नेपालमा

पाकिस्तानी गायन क्षेत्रमा सनसनी फैलाउन सफल गायक आतिफ असलमले नेपालमा प्रस्तुति दिने भएका छन् ।
उनी आगामी अप्रिल १२ मा नेपाल आउनेछन् । नेपालमा यो उनको दोस्रो प्रस्तुती हुनेछ ।  यसअघि उनले सन २०१२ मा, दशरथ रंगशालामा प्रस्तुती दिएका थिए, त्यतिबेला नेपाली गीत संगीत क्षेत्रका पारखीहरले उनको प्रशंसा गरेका थिए ।
उनको यो सांगीतिक कार्यक्रम टारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनले आयोजना गर्दैछ ।  ललिउड गायक असलमले अप्रिल १२ र १३ अप्रिल अर्थात् बि.सं. २०८० चैत ३० र नयाँ वर्षको नयाँ दिन २०८१ बैशाख १ गते गायन प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । उनको यो दुई दिने प्रत्यक्ष प्रशारण हुने कार्यक्रम लोकप्रिय हुने विश्वास गरिएको छ ।