Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

चीनको केरुङ र तातोपानी नाकामा पासको व्यवस्था गर्न माग

२४ बुधबार , माघ २०८०२ बर्ष अगाडि

चीनको केरुङ र तातोपानी नाकामा पासको व्यवस्था गर्न माग

छिमेकी राष्ट्र चीनको केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्न माग गरिएको छ । नेपालको चीनसँग जोडिएका केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको हो ।

महासंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नाकाबाट आयात हुने सामान सहज रूपमा नेपालभित्र नभित्रिने र चीन जान नपाउँदा नेपाली व्यवसायीहरूको अर्बौँ रुपैयाँको सामान जोखिममा परेको र व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेको भन्दै गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै महासंघले सरकारसँग व्यवसायीहरूलाई सहज रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ । महासंघका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको केरुङ र तातोपानी नाकाबाट एउटा जिल्लाका व्यवसायीहरू मात्रै जान पाउने सिण्डिकेट हटाएर सबै व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था मिलाउन गृहमन्त्रीसँग माग गरेको बताईएको छ ।