Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

कर्णालीमा आन्तरिक हवाई यातायात सञ्चालनको तयारी

२४ बुधबार , माघ २०८०२ बर्ष अगाडि

कर्णालीमा आन्तरिक हवाई यातायात सञ्चालनको तयारी

कर्णाली प्रदेश सरकारले प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ । आगामी फागुन महिना भित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारी थालेको हो ।

प्रदेशका सबै जिल्लालाई जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको बताउदै प्रदेश सरकारले सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको बताईएको छ ।

आन्तरिक हवाई सेवा विस्तारका लागि पटक-पटक गरेको आग्रहलाई नेपाल वायुसेवा निगमले कार्यान्वयनमा ल्याउने तयारी थालेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, नेपाल वायु सेवा निगमका सुर्खेत उडान समितिका संयोजक महेशकुमार मरिता, निगमका इन्जिनियरिङ मर्मत विभागका व्यवस्थापक देवेन्द्र पुन, सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख राजन ढुङेगललगायतले हवाई उडानका लागि विमानस्थलको अवलोकन गरेको बताईएको छ ।

आन्तरिक उडानका लागि आवश्यक पर्ने नीतिगत, भौतिक पूर्वाधार निर्माणलगायत क्षेत्रमा सहयोग रहने बताउदै मुख्यमन्त्री शर्माले आन्तरिक उडान थप गरेर कर्णालीबासीको जीवनयापन सहज बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । उनले प्रदेश सरकारले सुर्खेत विमानस्थल सुधारलाई प्राथमिकतामा राखेको बताए ।

त्यसैगरी उडान समितिका संयोजक मरिताले प्रदेश सरकारले गरेको आग्रहलाई ध्यान दिएर जतिसक्दो छिटो सेवा सञ्चालन गरिने जानकारी दिएका छन् । उनले फागुन महिनाभित्र काम सुरु गर्ने गरी तयारी थालिएको बताउदै त्यसका लागि निगमले गर्ने आवश्यक तयारीका निम्ति लागि परेको बताए ।